शीर्षकहरू

बुद्ध भूमि नेपाल हाइड्रोले ४० करोडको हकप्रद शेयर बिक्री गर्ने

बुद्ध भूमि नेपाल हाइड्रोले ४० करोडको हकप्रद शेयर बिक्री गर्ने

काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न फागुन १२ गते निवेदन दिएको हो । कम्पनीले ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रहेको छ । हकप्रद शेयर निष्कासन पश्चात कम्पनीको पूँजी ८० करोड पुग्नेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।