शीर्षकहरू

बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवालले पाए सफाइ

काठमाडौं । बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्य प्रसाद सिलवालले सफाइ पाएका छन् ।  नागरिकता तथा राहदानीमा केर-मेट र जालझेल गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो । 

उक्त मुद्दा उपर फैसला गर्दै आज विशेष अदालतले उनलाई सफाइ दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । सफाइ पाए भन्नुको अर्थ अख्तियारले सिलवाललाई जुन आरोप लगाएर मुद्दा दर्ता गराएको थियो त्यो आरोपको दाबी पुगेन भन्नु हो ।