काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर फागुन २० गतेदेखि लिलाम बिक्री गर्ने भएको छ ।
कम्पनीले सेयरधनीहरूका लागि निष्काशन तथा बिक्री गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेको शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । कम्पनीले ८ लाख ७३ हजार ६१ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिदका लागि इच्छुक लगानीकर्ताले फागुन २८ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, वीरगंज, पोखरा, जनकपुर, हेटौडा, नारायनगण, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालयमा बोलपत्र पेश गर्न सकिने छ।