काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले निष्काशन गरेको हकप्रद शेयरमध्ये आवेदन नपरेको शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । जसमा बोलपत्र पेश गर्ने आज फागुन १९ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले संस्थापक र सर्वसाधारण तर्फ गरी कुल १७ लाख ९८ हजार ६५६ कित्ता शेयर लिलाम बिक्रीमा राखेको जनाएको छ । जसमध्ये संस्थापक तर्फ चैत २९ गतेसम्म लकइनमा रहेको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण तर्फ चैत २९ गतेसम्म लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण तर्फ लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता रहेको छ ।
उक्त शेयर जो कोहि व्यक्ति, संघ, संस्था र कम्पनीले खरिद गर्न सक्ने कम्पनीले जनाएको । एनआईएसबी एस क्यापिटलको प्रधान कार्यालय, लाजिमपाट, शाखा कार्यलय पोखरा, बुटवल, बिरगंज र बिराटनगरमा आवेदन दिन सकिने छ ।
शेयरको न्यूनतम् मूल्य १०० रुपैयाँ रहेको छ । खरिद गर्न आवेदन पेश गर्दा खरिद गर्ने कित्ता र खरिद गर्न चाहेको दररेट खुलाउनु पर्नेछ ।