शीर्षकहरू

युनाइटेड इदी मर्दीको साधारण सभा चैत ११ गते, शेयरधनीलाई कति दिँदैछ लाभांश ?

युनाइटेड इदी मर्दीको साधारण सभा चैत ११ गते, शेयरधनीलाई कति दिँदैछ लाभांश ?

काठमाडौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश गर्ने भएको छ ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न आगामी चैत ११ गते साधारण सभा बोलाएको हो । कम्पनीले सेयरधनीहरुका लागि ४ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ । 

साथै, यसले १ बराबर १ शेयर अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने निर्णंय गरेको छ । कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने घोषणा गरेको हो । हाल यसको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ । 

सभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गते शुक्रबार बुक क्लोज गर्दैछ । त्यसैले फागुन २२ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।