शीर्षकहरू

स्वरोजगार लघुवित्तले १४.६२ प्रतिशत लाभांश दिने, एफपीओ पर्नेले पनि पाउने सम्भावना

स्वरोजगार लघुवित्तले १४.६२ प्रतिशत लाभांश दिने, एफपीओ पर्नेले पनि पाउने सम्भावना

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १४.६२५०७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

जस अनुसार कम्पनीले चुक्ता पुँजीको १३.८९३८२ प्रतिशत बोनस र ०.७३१२५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको छ।

कम्पनीले यसै साता १ करोड ९५ लाख ७७ हजार रूपैयाँ बराबरको एफपीओ निष्काशन गरेको छ। बुक क्लोज अगावै उक्त एफपीओ नेप्सेमा सूचीकृत भएमा एफपीओ पर्नेले पनि उक्त लाभांश पाउने कम्पनीले स्पष्ट पारेको छ ।