काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ वा सोभन्दा धेरै शेयर स्वामित्व हुने लगानीकर्ताहरुको संख्या १६ रहेको छ । कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०८१ असार मसान्तसम्म कम्पनीमा ठूला शेयरधनीको संख्या १६ रहेको हो ।
जसमध्ये कम्पनीमा आईएमई समूह अन्तर्गतको कम्पनी तथा व्यक्तिहरूको स्वामित्व सबैभन्दा धेरै रहेको छ । कम्पनीमा चन्द्र प्रसाद ढकाल, हेमराज ढकाल, ग्लोबल आईएमई बैंक र आईएमई लिमिटेडको मात्रै ३५.६२ प्रतिशत स्वामित्व रहेको छ । जसमध्ये चन्द्र र हेमराजको समान ११.३१/११.३१ प्रतिशत स्वामित्व, ग्लोबल आईएमई बैंकको १० र आईएमई लिमिटेडको ३ प्रतिशत स्वामित्व रहेको छ ।
चन्द्र र हेमराजको समान ५६ लाख ५६ हजार कित्ता, ग्लोबल आईएमई बैंकको ५० लाख र आईएमई लिमिटेडको १५ लाख कित्ता शेयर रहेको छ । यस्तै, मिनबहादूर गुरुङको ११ लाख ६२ हजार कित्ता शेयर तथा २.३३ प्रतिशत स्वामित्व, नवराज नेपाल र एशियन डिस्ट्रीबुटरको समान ८ लाख ७५ हजार कित्ता शेयर तथा १.७५/१.७५ प्रतिशत स्वामित्व, विष्णु कुमार अग्रवालको ७ लाख ५० हजार कित्ता शेयर तथा १.५० प्रतिशत स्वामित्व, डीडी इन्भेस्टमेन्ट प्रालिको ७ लाख २३ हजार कित्ता शेयर तथा १.४५ प्रतिशत स्वामित्व र एक्रोस मनी ट्रान्सफरको ७ लाख २१ हजार कित्ता शेयर तथा १.४४ प्रतिशत स्वामित्व रहेको छ ।
यसैगरी, कल्यान गुरुङ र सावित्री गुरुङको समान १.३४/१.३४ प्रतिशत, सन्दीप अग्रवालको १.२५, हाथवे इन्भेस्टमेन्ट नेपालको १.२४, जीवन कुमारी अर्याल पौडेलको १.२३, निमिशा इन्भेस्टमेन्ट प्रालिको १.२२, सुरज कुमार श्रेष्ठ र कमल पौडेलको समान १/१ प्रतिशत शेयर स्वामित्व रहेको छ ।