काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन लागेको भन्दै उनका समर्थकले बुटवलमा चक्काजाम गरेका छन् ।
शनिबार दिउँसो पूर्वपश्चिम राजमार्गस्थित बुटवल–१२ तामनगरमा कुलमानका समर्थकले ३० मिनेट चक्काजाम गरेका हुन् ।
तामनगर ब्याडमिन्टन क्लब, तामनगर व्यापार समिति र इभोलुसन क्लब अफ बुटवल सहितका विभिन्न संघ संस्थाहरूले संयुक्त रुपमा चक्काजाम गरेका हुन् ।