शीर्षकहरू

दोर्दी खोला जलविद्युतले चैत १९ देखि हकप्रद निष्काशन गर्ने

दोर्दी खोला जलविद्युतले चैत १९ देखि हकप्रद निष्काशन गर्ने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले चैत १९ गतेदेखि हकप्रद निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री गर्न लागेको हो । 

प्रति शेयरको अंकित मूल्य १०० रुपैयाँ हुनेछ । कम्पनीले चुक्त पुँजीको शतप्रतिशत हकप्रद दिष्काशनका लागि नेपाल धितोपत्र बोडबाट माघ २२ गते अनुमति पाएको थियो । कम्पनीको हाल चुक्ता पूँजी एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४०६ रुपैयाँ रहेको छ ।

उक्त हकप्रद शेयरका लागि २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले फागुन १५ गते बुकक्लोज गरेकाे थियाे । अर्थात, फागुन १४ गतेसम्म शेयर कायम लगानीकर्ताले हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।