शीर्षकहरू

चिरख्वा हाइड्रोपावरको साधारण सभा चैत २० गते, छैन लाभांश सम्बन्धी कुनै प्रस्ताव

चिरख्वा हाइड्रोपावरको साधारण सभा चैत २० गते, छैन लाभांश सम्बन्धी कुनै प्रस्ताव

काठमाडौं। चिरख्वा हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा चैत २० गते बस्ने भएको छ ।  सभामा आर्थिक वर्ष २०७०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने ५ जना सञ्चालको निर्वाचन हुनेछ ।

सभा प्रयोजनका लागि यसले चैत १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ,  चैत ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । 

सभा कुन्डलिनी रोयल्स, जोरपाटी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।