काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले ७६औं वार्षिक साधारणसभा चैत १९ गतेका लागि आह्वान गरेको हो ।
सभा, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जानकारी दिएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ ।
सामान्य प्रस्तावहरु:
१) आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
२) आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।
३) कम्पनीको आ.व. २०८०/८१ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु.१,६४,४२,४१,९३९/९४ (अक्षरुपी एक अर्व चौसट्ठी करोड बयालिस लाख एकचालिस हजार नौ सय उनान्चालिस र पैसा चौरानब्बे) को १५ प्रतिशतका दरले हुने बोनस शेयर रु.२४,६६,३६,२९० ९० (अक्षरुपी चौबीस करोड छैसाठी लाख छतिस हजार दुई सय नब्बे र पैसा नब्बे मात्र) बराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरिएको हुँदा उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.७९ प्रतिशतले हुने रु.१,२९,८०,८५७।४२ (अक्षरुपी एक करोड उनान्तीस लाख असी हजार आठ सय सन्ताउन्न र पैसा बयालिस मात्र ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।
४) कम्पनीको आ.व. २०८१/८२ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक Kripa Shrestha & Associates कानुनत पुनः नियुक्ती हुन सक्नेछ ।)
विशेष प्रस्तावहरु :
१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु.१,६४, ४२,४१,९३९/९४ (अक्षरुपी एक अर्व चौसट्ठी करोड बयालिस लाख एकचालिस हजार नौ सय उनान्चालिस र पैसा चौरानब्बे ) को १५ प्रतिशतका दरले हुने बोनस शेयर रु.२४,६६,३६,२९० ९० (अक्षरुपी चौबीस करोड छैसाठी लाख छतिस हजार दुई सय नब्बे र पैसा नब्बे मात्र) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।
२) मिति २०८१/०२/०४ गते बसेको कम्पनीको विशेष साधारण सभाबाट कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु १,६४,४२,४१,९३९/९४ (अक्षरुपी एक अर्व चौसट्ठी करोड बयालिस लाख एकचालिस हजार नौ सय उनान्चालिस र पैसा चौरानब्बे ) को ४० प्रतिशत अर्थात १० शेयर बराबर ४ शेयरका अनुपातले हकप्रद शेयर जारी गरे पश्चात ( बोनस शेयर जारी गरे पश्चात हुने चुक्ता पूँजी अनुसार हकप्रद शेयर प्रतिशत पुनरावलोकन हुन सक्ने ) तथा आ. व. २०८०/८१ को वोनस शेयर रु. २४,६६,३६,२९० ९० जारी गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी रु.२,५४,८५,७५,००७ (अक्षरुपी दुई अर्व चौवन्न करोड पचासी लाख पचहत्तर हजार सात ) पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्ध पत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
३) संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने ।
४) संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।