शीर्षकहरू

सानिमा जीआईसी इन्स्योरेन्सको एजीएम चैत २१ गते

सानिमा जीआईसी इन्स्योरेन्सको एजीएम चैत २१ गते

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनले ७औँ वार्षिक साधारणसभा चैत २१ गतेका लागि बोलाएको हो । 

सभा, अमृतभोग, कालिकास्थानमा बिहान ११ बजेदेखि हुनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने भएको छ । 

(क) सामान्य प्रस्ताव :

(१) कम्पनीको सातौ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आ.व. २०८० / ०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

(२) कम्पनीको लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०८० / ०८१ आषाढ मसान्तको वासलात, मिति २०८०।०४।०१ गते देखि २०८१।०३।३१ गते सम्मको नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

(३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१ / ०८२ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक कानूनत पुनः नियुक्त हुन योग्य रहेको ) ।

(४) संचालक समितिबाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी रु.२,००,००,००,०००/- मा ०.३९४७ प्रतिशतका दरले नगद लाभांश रु. ७८,९४,७३७/- (अक्षरेपी : अठहत्तर लाख चौरानब्बे हजार सात सय सैतिस मात्र) पारित गर्ने। (प्रस्तावित लाभांश कर प्रयोजनार्थ)

(ख) विशेष प्रस्ताव :

(१) संचालक समितिबाट प्रस्ताव गरिएको कम्पनीको हाल कायम चुक्ता पुँजी रु. २,००,००,००,०००/- मा ७५ प्रतिशतका दरले रु. १५,००,००,०००/- (अक्षरेपी पन्ध्र करोड मात्र) को बोनश शेयर पारित गर्ने । त्यसरी बोनश शेयर पारित गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखी नजिकको पुरा अंक कायम गर्ने । बोनश शेयर जारी गर्दा जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएबाट सोही अनुरुप प्रबन्धपत्र र नियमावली संशोधन गर्ने ।

(२) छैठौ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरि १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने ।

(३) कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आ.व. २०८० / ०८१ मा भएको खर्चको अनुमोदन गर्ने ।

(४) सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुको बैठक भत्ता संशोधन गर्ने ।

(५) प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न संचालक समितिलाई आवश्यक सम्पुर्ण अधिकार प्रत्यायोजन गर्ने । संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृती गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो बमोजिम संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरु समेत गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।