शीर्षकहरू

विशाल बजारको साधारणसभा रोक्न उच्च अदालतको आदेश

विशाल बजारको साधारणसभा रोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले विशाल बजार कम्पनीको साधारणसभा रोक्न आदेश दिएको छ। न्यायधीश टंकप्रसाद गुरुङ र ऋषिराज भण्डारीको संयुक्त इजलाशले साधारणसभा रोक्न अन्तरिम आदेश दिएको हो ।

कम्पनीले फागुन २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको थियो । अदालतको यो आदेशसँगै उक्त मितिमा हुने सभा रोकिएको छ । कम्पनीले आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्म ५ आर्थिक वर्षको साधारणसभा बोलाएको थियो ।

कम्पनीका ११ जना शेयरधनीले अदालतमा मुद्दा दायर गरेका थिए ।  मुद्दा दायर गर्ने सुनिल कुमार शाक्य, मुकुन्द प्रसाद पौडेल, चौथमल अग्रवाल, राजेश रत्न तुलाधर, रबिकुमार बंशल,  घनश्याम अग्रवाल, नबिनराज श्रेष्ठ, नबिश श्रेष्ठ, सुरेशमान श्रेष्ठ, बिन्दिरा श्रेष्ठ र किशोर लोहिया रहेका थिए ।

उच्च अदालतले कम्पनीको शेयरधनीहरुको लगानीको मुल्यांकन नगरी निजहरुलाई अलग राखी कम्पनीको साधारण सभा सञ्चालन गर्दा निवेदकहरुको हक हितमा प्रतिकूल असर पर्न सक्ने सम्भावना रहेको तथा सुविधा सन्तुलनको सिद्वान्त समेतलाई मध्यनजर गर्दा निवेदकहरुको मागदावी सम्बोधन गर्न भन्दै साधारण सभा रोक्न आदेश दिएको हो ।

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...