काठमाडौं । परदेशमा नेपालीले नेपालीलाई नै ठगि गरेको घटनाहरु पछिल्लाे समय घट्दै आएको छ । त्यसै प्रकारको अर्काे घटना जापानको चिबामा भएको छ । चिबाको ग्योतोकु बस्दै आएका ३५ वर्षीय नेपालीले नेपालीको नै करोडौं लिएर फरार भएका छन् ।
स्थायी ठेगाना नवलपरासी जिल्ला बिनय त्रिबेणी गाउँपालिकाका योगेन्द्र कुमार अर्याल विभिन्न व्यक्तिहरुबाट करोडौं रकम उठाए फरार भएका हुन् । उनले विभिन्न व्यक्तिसंग झन्डै १२ करोड रकम संकलन गरेर फरार भएको पीडितहरूले बताएका छन् । आपत पर्यो दाइ भन्दै पैसा मागेपछि मैले १६ लाख नगद दिएको थिए’, एक पिडितले भने, 'एक दुई दिनमा दिन्छु भनेको मान्छे अहिले फरार भएको छ ।’
अर्याल ११ तारिख नारिता विमानस्थलबाट भारतको न्यू दिल्लीका लागि प्रस्थान गरेको जानकारी उनका आफन्तले पीडितलइ दिएको जनाइएको छ । फरार रहेका अर्यालले २० देखि ३० जना व्यक्तिबाट १२ करोड भन्दा बढी संकलन गरेको पिडितहरुले बताएका छन्।
आफुहरु ठगीमा परेको भन्दै प्रहरीमा उजुरी दिने तयारीमा रहेको पिडितहरुले जानकारी दिएका छन् ।