शीर्षकहरू

३३ पुरुष र १९ महिला क्रिकेट खेलाडीसँग बार्षिक सम्झौता, २० हजारदेखि एक लाखसम्म तलब पाउने

३३ पुरुष र १९ महिला क्रिकेट खेलाडीसँग बार्षिक सम्झौता, २० हजारदेखि एक लाखसम्म तलब पाउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ३३ पुरुष तथा १९ महिला क्रिकेट खेलाडीलाई दिएको बार्षिक सम्झौताको सूची सार्बजनिक गरेको छ ।

क्यानले पुरुष खेलाडीलाई ए, बि, सी र डी तथा इमार्जीङ गरि पाँच तहमा खेलाडीलाई बर्गिकरण गरेर खेलाडीसँग बार्षिक सम्झौता गरेको हो ।

क्यानले ए सूचीमा रहेका पाँच खेलाडीलाई प्रतिमहिना एक लाख, बी सूचीमा रहेका पाँच खेलाडीलाई प्रति महिना ७० हजार, सी सूचीमा रहेका चार जनालाई प्रति महिना ५५ हजार, डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना ३५ हजार र इमर्जिङ सूचीमा रहेका ७ खेलाडीलाई प्रति महिना २५ हजार दिने जनाएको छ ।

खेलाडीको सूची यस्तो छ 

null   

यस्तै, (क्यान) ले १९ महिला क्रिकेट खेलाडीलाई दिएको बार्षिक सम्झौताको सूची पनि सार्बजनिक गरेको छ ।

क्यानले ए, बि, सी र डी गरि चार तहमा खेलाडीलाई बर्गिकरण गरेर खेलाडीसँग बार्षिक सम्झौता गरेको हो ।

क्यानले ए सूचीमा रहेका ४ महिला खेलाडीलाई प्रतिमहिना ५० हजार, बी सूचीमा रहेका एक खेलाडीलाई प्रति महिना ३५ हजार, सी सूचीमा रहेका २ जनालाई प्रति महिना २५ हजार र डी सूचीमा रहेका १२ खेलाडीलाई प्रति महिना २० हजार दिने जनाएको छ । क्यानले यो सूचीमा पहिलो ६ महिनापछि पुनर्मूल्यांकन गर्ने जनाएको छ ।
 
खेलाडीको सूची यस्तो छ 

null