काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको एफपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो एफपीओ शुक्रबार बाँडफाँट भएको हो।
लघुवित्तले गत फागुन १८ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १७ लाख ८० हजार ४५७ जनाको आवेदन परेको थियो । सो आवेदन मार्फत २ करोड १७ लाख १५ हजार ७५० कित्ता शेयर माग गरिएको थियो । जसमध्ये २ हजार ६६४ आवेदन रद्द भएको छ भने १७ लाख ७७ हजार ७९५ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको हो । जस अनुसार १९ हजार ५७७ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी ३ जनाले भने थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
एफपीओको नतिजा केहि समयपछि हेर्न सकिने छ। आवेदकहरुले एफपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र स्वरोजगार लघुवित्तको वेबसाइटबाट हेर्न सकिन्छ । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो सेयर एकाउन्टबाट पनि नतिजा हेर्न सकिन्छ ।