शीर्षकहरू

एकैदिन तोलामा ४ हजार बढेपछि सुनको मूल्य ऐतिहासिक उचाईमा

एकैदिन तोलामा ४ हजार बढेपछि सुनको मूल्य ऐतिहासिक उचाईमा

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाई कायम गरेको छ । चैत १ गते शुक्रबार सुन मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । गत फागुन १३ गते कायम उचाई एक लाख ७१ हजार ३०० रुपैयाँको उचाईलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत बुधबार चाँदी प्रतितोला २ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार ९ सय ८६.६ अमेरिकी डलर र चाँदी ३३.८५ डलरमा कारोबार भइरहेको छ ।

null