काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा १० वटा फाइनान्स कम्पनीहरुले नाफा आर्जन गर्दा ७ वटा भने घाटामा गएका छन् । माघ मसान्तसम्म समग्रहमा फाइनान्स कम्पनीहरुको घाटा ३५ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
नाफा वृद्धि गर्ने र धेरै नाफा आर्जन गर्नेमा जानकारी फाइनान्स अगाडि रहेको छ भने धेरै घाटा व्यहोर्नेमा पोखरा फाइनान्स रहेको छ । जानकीको खुद नाफा १४ करोड ४८ लाख रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १ हजार ८ सय ४३ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा ७६ लाख रुपैयाँ रहेको थियो ।
गत वर्षको माघ मसान्तसम्म २ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको पोखराले यस वर्षको माघ मसान्तसम्ममा ५८ करोड ९० लाख रुपैयाँ घाटा व्योहोरेको छ ।
अन्य कम्पनीहरुको नाफा/घाटा कति ?