काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको संचालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिशमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेको प्राधिकरणले जनाएको छ ।
पदपूर्ति समितिले गत माघ महिनामा सुवेदिलाई कार्यकारी निर्देशकमा नियुक्त गर्न प्राधिकरणको सञ्चालक समिति समक्ष सिफारिस गरेको थियो ।
गत जेठ ११ गते राजु रमण पौडेलले अवकाश पाएपछि प्राधिकरण कार्यकारी निर्देशक विहीन भएको थियो । पद रिक्त भएको १० महिनापछि बल्ला प्राधिकरणले कार्यकारी निर्देशक पाएको हो ।
कार्यकारीको दौडमा निर्देशकहरु कमल रेग्मी, पुजन ढुंगले र सुवेदी रहेका थिए । जसमध्ये कार्यमूल्यांकन र जेष्ठताको आधारमा प्राप्त नम्बरका आधारमा पदपूर्ति समितिले सुवेदीलाई सिफारिस गरेको थियो ।