शीर्षकहरू

युनाइटेड अजोड इन्स्योरेन्सकाे उच्च व्यबस्थापनमा अर्याल, बुर्लाकोटी र ढुंगानाको प्रवेश

युनाइटेड अजोड इन्स्योरेन्सकाे उच्च व्यबस्थापनमा अर्याल, बुर्लाकोटी र ढुंगानाको प्रवेश

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्समा उच्च व्यवस्थापनको तीन जना नयाँ कर्मचारी नियुक्त भएका छन् । कम्पनीले सञ्जय अर्याल महाप्रबन्धक, काशीनाथ बर्लाकोटी महाप्रबन्धक र धिरज ढंगाना मुख्या प्रबन्धकमा नियुक्त गरेको कम्पनीले जनाएको छ । 

अर्यालले २६ वर्ष नेपाल इन्स्योरेन्समा काम गरेको अनुभव रहेको छ । उनले नेपाल इन्स्योरेन्समा मार्केटिङ विभाग प्रमुख भएर व्यापार प्रवद्र्धनमा समेत लामो अनुभव रहेको छ । त्यस्तै, उनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा समेत २ वर्ष सोहि भूूमिकामा काम गरेको अनुभव रहेको छ । 

त्यस्तै,  चाटर्ड एकाउन्टेन्ट समेत रहेका अर्का महाप्रबन्धक बुर्लाकोटी हिमालयन एभरेष्ट इन्स्योरेन्समा करिब ८ वर्ष काम गरेको अनुभव रहेको छ । ढुंगाना बैकिङ क्षेत्रका लामो अनुभव लिएर बीमा क्षेत्रमा प्रवेश गरेका छन् ।