शीर्षकहरू

इन्धनको मूल्य घट्यो, कति कायम भयो नयाँ मूल्य ?

इन्धनको मूल्य घट्यो, कति कायम भयो नयाँ मूल्य ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटाएको छ । । एलपी ग्यासको मूल्य भने यथावत छ ।

नयाँ मूल्यअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको प्रति लिटर १६० रुपैयाँ ५० पैसा पर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा १६२ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १६३ रुपैयाँ पर्ने छ । डिजेल र मट्टितेल भने क्रमशः १४८ रुपैयाँ ५० पैसा, १५० रुपैयाँ र १५१ रुपैयाँ पर्नेछ ।

एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १९१० रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट १५ मार्च २०२५ (चैत्र ०२, २०८१) मा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आए अनुसार निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाएको जनाएको छ ।  

null