काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनाको नाम सार्वजनिक गरेको छ । आवेदन दिएकामध्ये पूर्ण प्रसाद आचार्य, चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालको नाम सार्वजनिक गरेको छ ।
सर्टलिष्टमा परेका पाँच जनाको व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बिहान ७ बजे अर्थ मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।