शीर्षकहरू

नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफ बिच छुट सम्झौता

नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफ बिच छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.का विभिन्न स्थानहरुमा रहेका अस्पताल र क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र  ग्राहकहरुलाई प्याथोलोजी र औषधी सेवामा ५ देखि १५ प्रतिशत सम्म छुट पाउनेछन् । त्यस्तै आईभिएफ प्याकेजमा कर्मचारीहरुलाई १५ हजार र नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई १० हजार छुट हुने भएकोे छ । 
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आईभिएफ प्रा.लिको तर्फबाट डिजिटल तथा मिडिया प्रबन्धक नविन विष्टले  हस्ताक्षर गरे ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौं स्थित नक्साल, भक्तपुर, ललितपुर, भरतपुर, नेपालगञ्ज, पोखरा र बुटवल मा अवस्थित वात्सल्य नेचुरल आईभिएफका अस्पताल र  क्लिनिकहरुले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्ने जनाइएको छ ।