काठमाडौं । एनआईसी एसिया बैंकमा ०.५ वा सोभन्दा बढी प्रतिशत शेयर स्वामित्व रहेका शेयरधनीको संख्या २५ रहेको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार ठूला लगानीकर्ताको संख्या २५ रहेको छ ।
जसमध्ये सबैभन्दा धेरै स्वामित्व विशाल ग्रुप सञ्चालक परिवारको रहेको छ । एनआईसी एशिया बैंकमा विशाल ग्रुपको सञ्चालक परिवारको २७ प्रतिशत बढी स्वामित्व रहेको छ । यस्तै, त्रिवेणी ग्रुपका सञ्चालक परिवारको शेयर स्वामित्व १२ प्रतिशत भन्दा धेरै रहेको छ ।
बैंकमा अशोक कुमार अग्रवालको ६.१२ प्रतिशत स्वामित्व रहेको छ भने त्रिलोक चन्द्र अग्रवालको ५.३४ प्रतिशत रहेको छ । त्रिलोक विशाल ग्रुपको उपाध्यक्ष हुन भने अशोक प्रवन्ध निर्देशक हुन् । यसैगरी, रामचन्द्र संघाईको शेयर स्वामित्व ४.४१ प्रतिशत रहेको छ भने सुभाष चन्द्र संघाईको शेयर स्वामित्व ४.३७ प्रतिशत रहेको छ । उनीहरु त्रिवेणी ग्रुपका सञ्चालक हुन् ।
यसैगरी, लोकमान्य गोल्छा, अनुज अग्रवाल, जयश्री गोल्छा, जगदीश प्रसाद अग्रवाल र वीरेन्द्र कुमार संघाईको शेयर स्वामित्व क्रमशः ३.१०, २.८६, २.७४, २.५३ र २.०१ प्रतिशत शेयर स्वामित्व रहेको छ । जसमध्ये जगदीश प्रसाद विशाल ग्रुपको अध्यक्ष हुन् भने विरेन्द्र कुमार त्रिवेणी ग्रुपका सञ्चालक हुन् ।
त्यसैगरी, अक्षय गोल्यानको शेयर स्वामित्व १.९४ प्रतिशत, तुलसीराम अग्रवाल, अञ्जु अग्रवाल र संचिता अग्रवालको समान १.७८/१.७८ प्रतिशत, निकुञ्ज अग्रवालको १.७६, गोविन्द संघाईको १.६१, नेपाल लाइफ इन्स्योरेन्सको १.१०, बासुदेव गोल्यानको ०.९८, उष अग्रवालको ०.९६, निर्मल कुमार अग्रवालको ०.९१ र कविता संघाईको ०.८५ प्रतिशत शेयर स्वामित्व रहेको छ । जसमध्ये तुलसिराम एनआईसी एशिया बैंकको अध्यक्ष तथा विशाल ग्रुपको उपाध्यक्ष हुन् ।
यस्तै, अर्पित अग्रवालको ०.७७, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टकाे ०.७०, शक्ति कुमार गोल्यानको ०.६२, अनन्त कुमार गोल्यानको ०.६१ र विशाल अग्रवालको ०.५४ प्रतिशत शेयर रहेको छ ।