काठमाडौं । नेपाली बजारमा यसोदा फुड्सको उत्पादन ‘करेन्ट’ चाउचाउ अहिले झनै लोकिप्रिय बन्दै गएको छ । स्वदेशमै उत्पादित साम्रगी र खाद्यान्न प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउ पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग आउन थालेको यसोदा फुड्सको दाबी छ ।
९० प्रतिशत नेपाली कच्चा पदार्थ प्रयोगगरी अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको कम्पनीले स्वदेशका साथै अन्तराष्ट्रिय बजारमा समेत व्यापार विस्तार गर्दै लगेको छ । नेपाली उपभोक्ताको पहिलो रोजाईंमा परेको कम्पनीको ‘करेन्ट चाउचाउ’ अहिले विभिन्न २२ मुलुकमा निर्यात हुँदै आएको छ ।
कम्पनीका अनुसार करेन्ट चाउचाउ भारत, अस्ट्रेलिया र अमेरिका लगायत झण्डै २ दर्जन मुलुकमा पनि निर्यात हुन थालेको छ । अहिले भारत, क्यानडा, सिंगापुर, बहराइन, अष्ट्रेलिया, कुवेत, दुबई÷युएई, जापान, संयुक्त अधिराज्य, इटाली, मलेसिया, कोरिया, भुटान, हङकङ, कतार, न्यूजील्याण्ड, केम्यान टापुहरू तथा पपुवा न्यू गिनीमा समेत निर्यात हुने गरेको कम्पनीले जनाएको छ ।
यशोदा फुड्सले आफ्नै देशमा नेपाली किसानहरुबाट उत्पादित अकवरे खुर्सानी, गुन्दु्रक, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदालगायतका विभिन्न कृषि उपज प्रयोग गरी करेन्ट चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक ६ अर्ब बराबरको कारोबार गर्ने गरेको कम्पनीको भनाइ छ ।
हट एण्ड स्पाइसी (पिरो) सेग्मेन्टमा भए पनि करेन्ट चाउचाउले समग्र बजारलाई प्रभाव पारिरहेको छ । शहरदेखि गाउँसम्म युवा पुस्ताको रोजाईंमा पर्न थालेको छ करेन्ट चाउचाउ । करेन्ट चाउचाउको आकर्षण भनेको यसमा प्रयोग भएको पिरो नै हो । त्यही पिरोका कारण नै युवा पुस्तामाझ लोकप्रिय छ । करेन्टको बेग्लै स्वाद, हट एण्ड स्पाइसी र मसलेदार चाउचाउ भएकाले नै बजारमा स्थापित बन्न सफल भएको छ । कम्पनीले स्वस्थ र गुणस्तरीय होस् भनेर नै स्थानीय उत्पादनमात्र प्रयोग गर्ने गरेको कम्पनीले जनाएको छ ।
सन २०१७ देखि चाउचाउको उत्पादन थालेको कम्पनीले छोटो अवधिमा नै बजारमा तहल्का पिटिरहेको छ । आफ्नो उत्पादनको माग र लोकप्रिय बढ्दै गएपछि कम्पनीले थप कारखाना विस्तार गरेको छ । हाल बुटवल र कपिलवस्तुमा चन्द्रोटामा कम्पनीले कारखाना संचालनमा ल्याएको छ । कम्पनीले छिट्टै थप उत्पादन गर्ने र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने योजना बनाएको छ ।
यशोदा फुड्सका अनुसार कम्पनीका उत्पादनहरु प्रयोगशाला परिक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाई रहेको छ । यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाइ आएको जनाउँदै उद्योग स्वच्छ व्यापारीक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको र आम उपभोक्ताको भावनाप्रति सजग रहेको जनाएको छ ।