शीर्षकहरू

नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक, यस्ता छन् विशेषताहरु

नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं । टीभीएस एनटर्ककोे नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक गरेको छ । जसमा नेपालकै पहिलो १० पीएस भन्दा माथिको पावर रहेको कम्पनीले जनाएको छ । 

१२५ सीसी क्षमता भएको स्कुटर एनटर्क रेस एक्सपी ब्ल्याक पावरमा अब्बल रहेको छ । यो स्कुटरमा डुअल राइड मोड, भ्वाइस असिस्ट प्रविधि र रेस इन्स्पायर्ड डिजाइन सहित विशेषता रहेको छ ।

कम्पनीका अनुसार एनटर्क रेस एक्सपी ब्ल्याक, सामान्यताको सिमा भन्दा पर जान चाहने राइडरहरूका लागि निर्माण गरिएको हो । यसमा स्ट्रीट मोड र रेस मोड गरी डुअल राइडिङ मोडहरू उपलब्ध गरिएका छन् । स्ट्रीट मोडमा यात्रुहरूले सहरको सहज र किफायती यात्रा अनुभव गर्न सक्छन् । त्यसैगरी, रेस मोडमा ० देखि ६० किलो मिटर प्रति घण्टाको गति मात्र ८.३ सेकेन्डमा प्राप्त गर्दै ९८ किलो मिटर प्रति घण्टाको अधिकतम गति दिन्छ । एनटर्क रेस एक्सपी ब्ल्याकको यो क्षमताले नेपालको स्कुटर सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।

यस स्कुटरले नेपालमै पहिलो पटक भ्वाइस असिस्ट टेक्नोलोजी ल्याएको छ । यो प्रविधिका माध्यमबाट २० भन्दा बढी भ्वाइस कमान्डहरू मार्फत स्मार्ट कनेक्ट  एपको सहज इन्टरेक्शन प्रदान गर्ने कम्पनीले जानकारी दिएको  छ । चाहे राइड मोड स्विच होस, नेभिगेसन चेक होस वा कलहरू व्यवस्थापन होस, एनटर्क रेस एक्सपी ब्ल्याकले नियन्त्रण यात्रुको औंलामै—र अवाज मार्फत नै लिन सकिने ब्यवस्था गरेको छ ।

‘केवल प्रदर्शन मात्र होइन, यो स्कुटर हेर्दै पनि मन लोभ्याउने लुक्स सहित प्रस्तुत गरिएको छ । रेस इन्स्पायर्ड म्याट ब्ल्याक फिनिश, रातो पांग्रा, र एयरोडायनामिक ग्राफिक्स यसमा थपिएको आक्रमकता र सौन्दर्यको प्रमाण हो’, जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने,  ‘रेस–ट्युन स्टाइलिङ र आधुनिक एयरोडायनामिक्स को संयोजनले एनटर्क रेस एक्सपी ब्ल्याक जहाँ गए पनि सबैको ध्यान खिच्न सक्षम रहेको छ ।’

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।