काठमाडौं । VOLVO EC220 एक्स्काभेटर नेपाली बजारमा सार्वजनिक गरेको छ । पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्स प्रा.लिले उक्त एक्स्काभेटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।
आधुनिक प्रविधि, इन्धन दक्षता, र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको छ । उक्त एक्स्काभेटर जटिल निर्माण कार्यक्षेत्र जस्तै खानी, हाइड्रो सेक्टर ,सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीको दाबी छ ।
बजारमा उपलब्ध गराईएको यस इन्जिनले ईन्धनको बचत गर्दै वातावरण मैत्री साधनको रुपमा उच्च प्रदर्शन दिने गरी यूरो स्टेज आईआईए मापदण्ड अनुसारको रहेकाले वातावरणमा हुने प्रदूषण कम गराउन मद्दत गर्ने दाबी समेत कम्पनीले गरेको छ । यस मोडल बजारमा पाईने अन्य सोही प्रकृतीको मेसिनहरु भन्दा १० प्रतिशत बढी उत्खनन क्षमता सहितको, तीव्र हाइड्रोलिक जडित मेसिन हो ।
यस मेसिनको प्रयोगबाट निमार्ण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ । यस मेसिनको मुख्य केही विशेषताहरुमा सन्चालन खर्च घटाई मर्मत खर्च समेत कम लाग्ने तथा लामो समयसम्म भरपर्दो सेवा दिने हुनाले यस मेसिनमा ग्राहकहरुको आकर्षण रहने कम्पनी विश्वास रहेको छ ।
नेपालमा निर्माण क्षेत्र, हाइड्रो सेक्टर र खानी क्षेत्रमा हुने गतिविधी तथा क्रियाकलापहरु निरन्तर वृद्धि भइरहेको सन्दर्भमा उक्त एक्स्काभेटर एक भरपर्दो र उपयुक्त विकल्पको रूपमा आएको छ ।