शीर्षकहरू

एभरेष्ट बैंकको एभरेष्ट बैंक ऋणपत्र २०९१  बाँडफाँड

एभरेष्ट बैंकको एभरेष्ट बैंक ऋणपत्र २०९१  बाँडफाँड

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र ‘एभरेष्ट बैंक ऋणपत्र–२०९१’ चैत १ गते शुक्रबार बाँडफाँड भएको छ । फागुन १८ देखि २३ गतेसम्म जारी गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको हो । 

बैंकले प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरमा ११ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्याएको थियो । जसमध्ये रीतपूर्वक आवेदन दिने ५ हजार ६९७ जना आवेदकमा ऋणपत्र बाँडफाँट गरिएको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । 

त्यस्तै, व्यक्तिगत तफृबाट बिक्रीका लागि छुट्याइएको १८ लाख कित्ता ऋणपत्र पनि सोही दिन बाँडफाँड क्यापिटलले जनाएकोे छ । १० वर्षे अवधि र वार्षिक ७.५० प्रतिशत ब्याजदर पाउने छने भने उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।