शीर्षकहरू

कर्जा विस्तारमा आक्रामक एभरेष्ट, निक्षेप संकलनमा एनएमबी अगाडि, अन्यको अवस्था कस्तो ?

कर्जा विस्तारमा आक्रामक एभरेष्ट, निक्षेप संकलनमा एनएमबी अगाडि, अन्यको अवस्था कस्तो ?

काठमाडौं । पछिल्लो ८ महिनामा निक्षेप संकलन ४.९० प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह ६.११ प्रतिशतले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार चालु आवको फागुन मसान्तसम्म कुल निक्षेप संकलन ६० खर्ब ३७ अर्ब पुगेको छ भने कर्जा विस्तार ४८ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्म निक्षेप ५७ अर्ब ५४ अर्ब र कर्जा विस्तार ४५ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो । फागुन मसान्तसम्म बैंकहरुको औषत सीडी रेसियो ७९.२९ प्रतिशत रहेको छ । 

पछिल्लो ८ महिनामा कर्जा विस्तारमा एनएमबी बैंक र एभरेष्ट बैंक आक्रामक देखिएका छन् । एभरेष्टले २०.१५ प्रतिशत कर्जा प्रवाह बढाउँदा एनएमबीले १४.२४ प्रतिशतले कर्जा विस्तार वृद्धि गरेको छ । कर्जा प्रवाहमा एनआईसी एसिया र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल कमजोर देखिएका छन् ।

एशोसिएसनको तथ्यांक अनुसार एनआईसी एसियाको कर्जा विस्तार १२.४२ प्रतिशतले घटेको छ भने स्ट्यान्डर्ड चार्टर्डको कर्जा विस्तार ४.२७ प्रतिशतले खुम्चिएको छ । 

उसो त एनआईसी एसिया निक्षेप संकलनमा पनि सुस्ताएको छ । पछिल्लो ८ महिनामा यस बैंकको निक्षेप १७.१६ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म बैंकको कुल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ थियो, फागुनको मसान्तसम्म आइपुग्दा २ खर्ब ९८ अर्ब रुपैयाँमा खुम्चिएको छ । 

एनएमबी र एभरेष्ट बैंक निक्षेप संकलनमा पनि अगाडि देखिएका छन् । एनएमबीको निक्षेप १७.५१ प्रतिशतले वृद्धि हुँदा एभरेष्टको १४.७८ प्रतिशतले वृद्धि भएको छ । ​​​​​​​

निक्षेप संकलन भन्दा कर्जा प्रवाहमा आक्रामक देखिएको माछापुच्छ्रे बैंकको सीडी रेसियो ८५.६५ प्रतिशतमा पुगेको छ । यस बैंकको निक्षेप ४.१८ र कर्जा विस्तार १०.७१ प्रतिशतले वृद्धि भएको छ । 

यता, राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३.८६ प्रतिशत कायम छ । 

null