शीर्षकहरू

सानिमा रिलायन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा रिलायन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को आठौं वार्षिक साधारण सभा मिति २०८१ चैत्र ८ शुक्रबार अनमोल बैंक्वेट, नयाँ बानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षज्यूले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरे । 

कम्पनीको आठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८०÷८१ वार्षिक प्रतिवेदन सहित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि को आ.व. २०८०/८१ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम विद्यमान चुक्ता पूँजी अक्षरेपी चार अर्ब पन्चानब्बे करोड तीस लाख पैंसाठी हजार दुई सय चौबीसको ८ प्रतिशतका दरले हुने रकम उनन्चालिस करोड बैसाठी लाख पैंतालिस हजार दुई सय अठार बराबरको नगद लाभाशं रहेको छ । साथै विद्यमान चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले हुने रकम छ करोड अठार लाख अन्ठाउन्न हजार आठ सय बत्तीस बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर तथा नगद लाभाश वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरि पाँच अर्ब एक करोड उनन्चास लाख चौबीस हजार छपन्न  पु¥याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आ.व २०८१।२०८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । यसै गरीे कम्पनीका रजिष्टर्ड कार्यालय का.जि.का.म.न.पा.१०, नयाँ बानेश्वरबाट परिवर्तन गरि का.जि.का.म.न.पा. ०१, नक्साल, काठमाण्डौं कायम गरि सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीले गुणस्तरीय तथा विश्वसनीय व्यवसायको सम्पूर्ण परिसुचकहरुमा निरन्तर वृद्धि गरी आएको छ र आगामी वर्षहरुमा पनि यस कम्पनीलाई गुणस्तरीय तथा दिर्घकालिन व्यवसाय मार्पmत जीवन बीमाक्षेत्रमा अलग पहिचान दिलाउने अथक प्रयास रहेको जानकारी गराए । मर्जरमा आएका चुनौतिहरुलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गरे ।