काठमाडौं । सरकारको बर्खास्तीमा परेका नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ आज मंगलबार अदालत जाने भएका छन् । बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजी गराउन माग गर्दै उनले आज सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका हुन् ।
बर्खास्तीको पत्र पाए लगत्तै अदालत जाने तयारी रहेको उनले आर्थिक न्यूजलाई जानकारी दिए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो।
सरकारले यस अघि उनलाई किन पदबाट नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो। त्यस अघि उर्जा मन्त्रालयले पनि उनलाई पटक पटक स्पष्टीकरण सोधेको थियो।
२०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको प्रबन्ध निर्देशकमा उनलाई नियुक्त गरेको थियो। उनको कार्यकाल २०८२ साउन २४ सम्म थियो ।