काठमाडौं । एभरेष्ट बैंकले एक विशेष समारोहकाबीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ ।
नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा धेरै पहिलेदेखि खेलिने ‘परम्परागत खेलकुद’ विषयवस्तु राखेर तयार पारिएको २०८२ सालको क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा।बालगोपाल वैद्यले अनावरण गरेका छन् ।
सो कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्त्विक महत्वको विषयवस्तुहरूलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।