काठमाडौं । सिडिएससि एण्ड क्लियरिङ्ग हाउस, शेयर निष्काशनकर्ता नेपाल माइक्रो इन्स्योरेन्स र शेयर रजिष्टर हिमालयन इन्भेष्टमेन्ट बैंकरका बीचमा धितोपत्रको अभौतिकिरण तथा हस्तान्तरणका लागि सहजीकरण गर्ने सम्बन्धी त्रीपक्षीय सम्झौता भएको छ ।
सिडिएससिको कार्यालय, पुतलीसडकमा चैत १५ गते आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
उक्त सम्झौता पत्रमा सिडिएससि एण्ड क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र हिमालयन इन्भेष्टमेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर ज.ब.राणाले हस्ताक्षर गरेका हुन् ।
नेपाल माइक्रोले सर्वसाधारणका प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता तथा ६७ हजार ५०० कित्ता शेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलार्य वितरण गरेको थियो ।