काठमाडौं । राजावादीहरुको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौंको विभिन्न ठाउँमा कर्फ्यू लगाइएको छ । प्रहरीले विभिन्न स्थानमा माइकिङ गर्दै उक्त आदेश गरेको हो । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई नियन्त्रणको प्रयास गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुने, शान्तिनगर र बानेश्वर क्षेत्रमा कफर्युको सूचना प्रहरीले गरेको हो ।
राजावादी प्रदर्शनकारी अराजक बन्दै नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् । उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा समेत क्षती पुर्याएका हुन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशला–विमानस्थल–गैरीधारा–तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र गौशला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।