काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र चैत २५ गतेदेखि खुल्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो । उक्त ऋणपत्रको नाम ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ रहेको छ।
एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन हुनेछ। जसमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम् २५ कित्ता र अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सकिने छ। निष्काशन बन्द छिटोमा चै २८ गते हुनेछ भने ढिलोमा २०८२ वैशाख ८ गते हुने जनाइएको छ।