शीर्षकहरू

चैत १५ गतेको हुलदंगाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश, २२ वटा गाडीमा क्षति

चैत १५ गतेको हुलदंगाबाट बीमा कम्पनीमा पौने ५ करोडको दाबी पेश, २२ वटा गाडीमा क्षति

काठमाडौं । चैत १५ गते राजाबादीको आन्दोलनमा भएको घटनाबाट बीमा कम्पनीहरूमा पौने ५ करोड रुपैयाँको दाबी पेश भएको छ । उक्त हुलदंगा कारण ११ वटा निर्जीवन बीमा कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बढीको बीमा दाबी पेश भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

जसमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीमा दाबी पेश भएको छ । राष्ट्रिय बीमा कम्पनीमा १ करोड २७ लाख रुपैयाँको दाबी पेश हुँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा १ करोड १७ लाख ५० हजार रुपैयाँ बढीको दाबी पेश भएको छ । 

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ६८ लाख ९१ हजार, नेको इन्स्योरेन्समा ५२ लाख, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार र हिमालयन एभरेष्ट इन्स्योरेन्समा १६ लाख रुपैयाँको दाबी पेश भएको छ । सबै कम्पनीमा गरी कुल ४३ वटा दाबी पेश भएको हो । जसमध्ये हालसम्म शिखर इन्स्योरेन्सले ३ वटाको दाबी वापत ४५ हजार रुपैयाँ एडभान्स भुक्तानी दिएको छ । 

null

२२ वटा गाडीमा क्षति

​​​प्राधिकरणका अनुसार इन्जिनियरिङ तथा ठेकेदार जोखिम, मोटर बीमा, सम्पत्ति बीमा र विविध पोर्टफोलियो अन्तर्गत ४३ वटा दाबी पेश भएको छ । जसमध्ये दाबी संख्याका आधारमा सबैभन्दा धेरै मोटर बीमा वापत २२ वटा दाबी पेश भएको छ । मोटर अन्तर्गत १ करोड २९ लाख रुपैयाँको दाबी पेश हुँदा सम्पत्ति बीमा तर्फ १६ दाबी पेश भएको छ । सम्पत्ति तर्फ ३ करोड ११ लाख रुपैयाँको दाबी पेश भएको छ । 

null