काठमाडौं । कृषि विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै ११८ जना कर्मचारी माग गरेको हो । बैंकले सहायक लेखापालदेखि शाखा प्रमुख सम्मको पदका लागि कर्मचारी माग गरेको हो ।
शाखा प्रमुख पदका लागि १ जना व्यवसाय अधिकृत पदका लाग ४८ जना, सूचना प्रणाली तर्फ ३ जना, कानून अधिकृत पदका लागि १ जना, कम्प्युटर अधिकृत पदका लागि १ जना, कर्जा अधिकृत पदका लागि ५ जना र सहायक लेखापाल पदका लागि ५ढ जना कर्मचारी माग गरेको सूचनामा उल्लेख छ ।
सहायक पदका लागि १२ पास गरेको व्यक्तिले पनि आवेदन दिने पाउने बैंकले जनाएको छ ।