काठमाडौं । आज काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ५ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, बलम्बु उप वितरण केन्द्र अन्तर्गत मातातीर्थ सबस्टेसनबाट वितरण हुने क्षेत्रमा बिहान ११ देखि बेलुका ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो ।
प्राधिकरणका अनुसार कञ्चन गेट, धौलागिरी आवास, सतुङ्गल, बोशीगाउँ, स्याङ्जाली टोल, जनविकास, लुङ्कोट, ढाक्सी सरास्त्र क्याम्प क्षेत्र, बेथली चोक, बालागाउँ, मातातीर्थ कुण्ड एरिया, राधाकृष्ण टोल। चेकपोस्ट, थानकोट, नागढुङ्गा, वाणस्थली, बसुन्डोल, इन्द्रथान, सिरानचौर, आँपचौर, कुखुरेचौर, महेराफाँट क्षेत्रमा उक्त समयमा बत्ति जानेछ ।
बलम्बु उप वितरण केन्द्र अन्तर्गत मातातीर्थ सबस्टेसनमा रहेको सतुङ्गल फिडरको सबस्टेसन गेटदेखि बौथलीसम्म बाटो चौडा गर्ने सिलसिलामा पुरानो पोलहरूबाट नयाँ पोलमा लाइन तान्न तथा ACSR कन्डक्टर (तार) लाई कभर केबुलले बदली गर्ने कार्य गर्न कम्पोजिट पोलमा सतुङ्गल फिडर तथा मातातीर्थ फिडर भएकोले उक्त स्थानहरूमा बत्ति जाने प्राधिकरणले जनाएकाे छ ।