काठमाडौं । आज आइतबार सुनको भाउमा भारी गिरावट आएको छ । आज सुनको भाउ तोलामा १९ सय रुपैयाँले घटेको हो ।
यस दिन छापावाला सुन प्रतितोला एक लाख १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम छापावाल सुनको भाउ १ लाख ४९ हजार ६ सय ५ रुपैयाँ तोकिएको छ ।
यस दिन चाँदीको भाउ तोलामा ७० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय रुपैयाँमा झरेको छ भने १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ४३ रुपैयाँ तोकिएको छ ।
यस अघि शुक्रबार पनि सुनको भाउ तोलामा ३ हजार ९ सयले घटेको थियो ।