काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षको उमेरमा निधन भएको हो। आइतबार बेलुकी उपचारका क्रममा निधन भएको परिवार स्रोतले बताएको छ । वरिष्ठ पत्रकार रिसालको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा आइतबार साँझ ८ बजे निधन भएको हो।
पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए। सोही अनुसार उनको शरीर पाटन अस्पताललाई दिइएको परिवारले बताएको छ ।