काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र आज चैत्र २५ गतेदेखि बिक्री खुला भएको छ। बैंकले १००० रुपैयाँ अंकित मूल्य कायम भएका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र आजबाट निष्काशन गरेको हो।
जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने बैंकले जनाएको छ। २० लाख कित्ता अर्थात् २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्याइएको छ । जसमध्ये १ लाख कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।
यस ऋणपत्रमा सर्वसाधारणले छिटोमा चैत्र २८ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सकिने छ । न्युनतम २५ कित्ता र अधिकतम २५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
१० वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याज पाइन्छ।