शीर्षकहरू

३ दिनमा ६ हजार ५ सयले घट्यो सुनको भाउ

३ दिनमा ६ हजार ५ सयले घट्यो सुनको भाउ

काठमाडौं । पछिल्लो दिनमा सुनको भाउमा भारी गिरावट आइरहेको छ । पछिल्लो ३ दिनमा मात्रै सुनको भाउ ६ हजार ५ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार गएको बिहिबार प्रतितोला छापावाल सुन एक लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तोलामा ३ हजार ९ सय रूपैयाँले घटेर एक लाख ७६ हजार ४ सय रुपैयाँमा झरेको थियो । 

यसैगरी, आइतबार तोलामा एक हजार ९ सयले घटेर सुनको भाउ एक लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । आज सोमबार फेरि तोलामा ७ सय रूपैयाँले घटेर एक लाख ७३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अर्थात् गएको बिहिबारको तुलनामा आज सुनको भाउ ६ हजार ५ सय रुपैयाँ कम छ । 

महासंघका अनुसार आज चाँदीको भाउ भने बढेको छ । आइतबार एक हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ८ सय ३० रुपैयाँमा उक्लिएको छ ।