शीर्षकहरू

नेप्सेमा ३३ अंकको गिरावट, २२१ कम्पनीको शेयर मूल्य घट्यो

नेप्सेमा ३३ अंकको गिरावट, २२१ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा ३३.३३ अंकले घट्दै २६७०.०६ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कारोबार अवधिभर कुल ३ सय २२ कम्पनीका १ करोड १४ हजार ८ सय बढी कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ माथि पुगेको छ ।

आज कारोबारमा आएका सबै समुहका परिसुचक ओरालो लागेका छन् ।  कारोबारमा आएकामध्ये २२१ कम्पनीको शेयरमूल्य ओरालो लाग्दा २३ कम्पनीको शेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।

यस दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.४६ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ९.०९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५० करोड ३६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ४३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

null