शीर्षकहरू

विन नेपाल लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

विन नेपाल लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ भर्ने आज चैत २६ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले निष्काशन गरेको ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले चैत २१ गतेदेखि प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो।

हिजा चैत २५ गते साँझसम्म उक्त एफपीओमा ३९१ गुणा बढीले आवेदन दिइसकेका छन् । चैत २५ गते साँझसम्म १६ लाख ९३ हजार जनाले २ करोड बढी कित्ताका लागि आवेदन दिइसकेका छन् । 

यस निष्काशनमा आवेदन दिंदा न्यूनतम् १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।