शीर्षकहरू

५ वर्ष गभर्नर बनेका महाप्रसादको सम्पत्ति साढे २३ लाख रुपैयाँले बढ्यो

५ वर्ष गभर्नर बनेका महाप्रसादको सम्पत्ति साढे २३ लाख रुपैयाँले बढ्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकका सेवानिवृत गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। २०७६ चैतमा राष्ट्र बैंकको गभर्नर नियुक्त भएका गभर्नर अधिकारी आफ्नो ५ वर्षको कार्यकाल पुरा गरेर गत साता मात्रै सेवानिवृत भएका हुन् । 

सार्वजनिक सम्पत्ति विवरणअनुसार पछिल्लो ५ वर्षमा उनको कुल सम्पत्ति २३ लाख ४४ हजार ४१० रुपैयाँले बढेको छ । २०७६ चैतमा ३ करोड ४५ लाख ९१ हजार ८५२ रुपैयाँ बराबरको सम्पत्ति रहेकोमा २०८१ चैतसम्म आइपुग्दा ३ करोड ६९ लाख ३६ हजार २६२ रुपैयाँ पुगेको छ । यस्तै ०७६ चैतमा उनीसँग २ हजार ३०२ डलर रहेकोमा अहिले उनीसँग २८ हजार ६०८ डलर मौज्दात रहेको छ । 

सार्वजनिक सम्पत्ति विवरणअनुसार ५ वर्षे कार्यकालमा उनले घरजग्गा थप जोडेका छैनन् । नगद, सुनचाँदी, म्युचुअल फण्ड लगायतको लगानी, बैंक मौज्दात तथा सञ्चयकोषको रकम बढोत्तरी भएको छ भने प्राप्त हनुपर्ने रकम भने घटेको छ । 

अधिकारीसँग झण्डै १० लाख बराबरको नगद सुन चाँदी रहेको छ । चैत २०८१ सम्म ९ लाख ८८ हजार बराबरको सुनचाँदी रहेको छ । २८ लाख ४४ हजार रुपैयाँ २१२ रुपैयाँ बैंक मौज्दात रहेको छ । उनले कुल १ करोड ८९ लाख रुपैयाँ विभिन्न कम्पनीका धितोपत्रमा लगानी गरेका छन्।

हेर्नुस् सम्पत्ति  विवरण - स्रोत राष्ट्र बैंक

null