काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओमा ४५६ गुणा बढी आवेदन परेको छ । उक्त एफपीओ भर्ने अन्तिम दिन आज चैत २६ गते साँझ ५ बजेसम्म ४५६ गुणा आवेदन परेको हो ।
उक्त एफपीओमा १९ लाख ७४ हजार जनाले २ करोड ३३ लाख ८४ हजार कित्ताका लागि आवेदन दिएका हुन् । जबकी लघुवित्तले ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गरेको हो । आवेदन दिएका मध्ये ५ हजार १२९ जनाले मात्र पाउने छन् ।
कम्पनीले ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गरेको हो । कम्पनीले चैत २१ गतेदेखि प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो ।
नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।