शीर्षकहरू

शिखर इन्स्योरेन्सको आयोजनामा चौथो सर्भेयर सेमिनार सम्पन्न

शिखर इन्स्योरेन्सको आयोजनामा चौथो सर्भेयर सेमिनार सम्पन्न

काठमाडौं । बीमा दाबी प्रक्रियालाई सरल, छिटो छरितो वनाई दाबी फछ्र्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गर्ने उद्देश्यका साथ शिखर इन्स्योरेन्सद्धारा आयोजित चौथो सर्भेयर सेमिनार सम्पन्न भएको छ । 

कार्यक्रममा पाँच वटा कार्यपत्र प्रस्तुत भएका थिए जसमा कम्पनीका तर्फबाट शिखर इन्स्योरेन्स का महाप्रवन्धक उदित प्रसाद काफ्ले , २०८१ मा आएको बाढी दाबीका सम्बन्धमा तथा सर्भेयरका तर्फबाट नेपाल इन्स्योरेन्स सर्भेयर महासचिव बिकास महर्जनले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी, बिद्युतिय सवारी साधनको दाबी सम्बन्धमा सर्भेयर प्रेम लाल तामाङ, बातावरणीय जोखिमका सम्बन्धमा पुनर्बीमकका तर्फबाट हिमालयन रिइन्स्योरेन्सका तर्फबाट कार्यकारी निर्देशक सिसिर गैरे र नेपाल बीमा प्राधिकरणका तर्फबाट निर्देशक शाम्बराज लामिछानेले दाबी फछ्र्यौटमा सर्भेयरको भुमिका बारे प्रस्तुत गरेका कार्यपत्रका बारेमा छलफल भएको थियो । 

कार्यक्रममा ११० जना सर्भेयर,बिभिन्न बिषयका बिषय बिज्ञ तथा कम्पनीका कर्मचारी लगायत गरी १९० जनाको सहभागिता थियो । समापन कार्यक्रममा कम्पनीको आ.व. २०८०।०८१ मा परेका दाबीमा कम्पनीबाट सर्भेयर कार्यका लागि खटिई उत्कृष्ट सेवा प्रदान गर्ने शेर बहादुर बुडा, लोचन केन्द्र देवकोटा, रविन शर्मा र अमिर खनाल सहित चार जना  सर्भेयरलाई सम्मान समेत गरेको छ ।

कार्यक्रमको समापन समारोहमा प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्ता खालका कार्यक्रमले सर्भेयरको क्षमता अभिबृधि गर्ने हुनाले कार्यक्रमको आयोजना गरेकोमा प्रशंसा गरे । साथै सम्मानित हुने सर्भेयरलाई बधाई दिदै यस्ता सम्मानले समय सिमा भित्र कार्य सम्पन्न गर्न उत्प्रेरणा मिल्ने बताए ।