शीर्षकहरू

क्रेस्ट माइक्रोकाे आईपीओ सूचीकृत, सुरुवाती रेन्ज कति ?

क्रेस्ट माइक्रोकाे आईपीओ सूचीकृत, सुरुवाती रेन्ज  कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार नेप्सेमा कम्पनीको आईपीओ सहित ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो।

सूचीकृत भएसँगै आगामी बिहीबारबाट शेयर कारोबार सुरु हुने जनाइएको छ। कम्पनीको कारोबार संकेत CREST रहेकाे छ। उक्त शेयर पहिलो कारोबारको लागि नेप्सेले १००.८६ रुपैयाँ देखि ३०२.५६ रुपैयाँको सुरुवाती रेन्ज तोकेको छ। 

आईपीओ वापतको २२ लाख ५० हजार र संस्थापक शेयरधनीहरुको ५२ लाख ५० हजार गरी कुल ७५ लाख कित्ता शेयर सूचीकृत भएको हो । 

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त कम्पनी हो ।