शीर्षकहरू

ह्वात्तै घट्यो महँगी

ह्वात्तै घट्यो महँगी

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा महँगी ह्वात्तै घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको फागुनमा महँगी ह्वात्तै घटेको हो । गएको फागुनमा समग्र मुद्रास्फीति ३.७५ प्रतिशतमा झरेको छ । गत वर्षको फागुन महिनामा मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । गत माघ महिनामा ४.१६ प्रतिशत रहेको थियो । 

खाद्य तथा पेय पदार्थ तर्फको मुद्रास्फीति ३.३४ र गैर खाद्य तथा सेवा तर्फ ३.९७ प्रतिशत रहेको छ । 

फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको  मुद्रास्फीति १३.७४ प्रतिशत, दाल तथा गेडागुडीको ७.८० प्रतिशत, फलफूलको ६.८२ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको ५.१७ प्रतिशत, तरकारीको १.२४ प्रतिशत र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको मुद्रास्फीति १०.१४ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र यातायातको ५.०७ प्रतिशतले बढेको छ ।

फागुन महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ ।