शीर्षकहरू

स्काईवेलले ल्यायो युरोप घुम्ने मौका

काठमाडौं । नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेल ड्राईभ गर्ने ग्राहकहरुलाई स्काईवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै जि.मोटर्सको विजनेस हेड युग रिमालले स्काईवेल ‘विई ११’ तथा ‘स्काईवेल ईटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिने बताएका हुन् । 

null

उनले भने, ‘स्काईवेल ड्राईभ–२०२५ नेपाल टु युरोप’ योजना अन्तर्गत स्काईवेलका जुनसुकै एसयुभी खरिदकर्ता कप्लसले युरोपमै गएर स्काईवेल ड्राईभको मौका प्राप्त गर्नेछन् । त्यती मात्र होईन सन् २०२५ मोडेलको जुनसुकै भेरीयन्ट टेष्ट ड्राईभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्नुहुनेछ ।’ 

उनले यो योजनामा सामेल हुन स्काईवेल टेस्ट ड्राईभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा शेयर गरि ह्यासट्याग टेस्टड्राईभ स्काईवेल ह्यासट्याग ‘स्काईवेल ड्राईभ नेपाल टु युरोप’ लेख्नुपर्ने बताए । टेस्ट ड्राईभमा सहभागी हुने ग्राहक मध्ये २ जना विजेताले (१ महिला टेस्ट ड्राइभ र १ पुरुष टेस्ट ड्राईभ) समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काईवेल ड्राईभको मौका प्राप्त गर्ने पनि उनले जानकारी दिए । 

स्काईवेलको आयातकर्ता जि. मोटर्स प्रा. लि. ले ग्राहकलाई आफ्ना सवारी साधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरियन्स गराउने उदेश्यका यो विशेष योजना ल्याएको पनि रिमालले बताए । उनले स्काईवेलको ईटी ५ लङ् रेन्ज भेरियन्टको विक्री मूल्य १ करोड १५ लाख, स्काईलेलको विई ११–४१० किमी ७९ लाख ९० हजार र विई ११– ५२० किमी ८९ लाख ९० हजार  पर्न जाने बताए । 

 

अत्याधुनिक सुविधा र फिचरका साथमा आउने यि दुवै एसयुभीमा उपलब्धnull लक्जिरीका कारण विजनेस क्लास एसयुभी पनि भनेर चिनिंदै आएको भन्दै उनले स्काईवेलले भक्तपुरको राधेराधे र ईटहरीमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याईसकेको बताए ।